सरकारले तत्काल हदबन्दी नहटाउने, सभामुखले भने– हतार होइन सरकारसँग निरन्तर संवाद आवश्यक
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले घरजग्गा कारोबारमा रहेको हदबन्दी तत्काल हटाउने विषयमा सरकार सकारात्मक नरहेको संकेत गरेका छन्। नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०२६ को उद्घाटन गर्दै सभामुख अर्यालले घरजग्गा व्यवसायसँग सम्बन्धित विषयमा सरकारसँग पटक–पटक छलफल र संवाद गरेर अघि बढ्न व्यवसायीलाई आग्रह गरे।