शेयर कारोबारको पुँजीगत लाभकर घट्यो, दीर्घकालीन लगानीकर्तालाई ३.५ प्रतिशत कायम
काठमाडौं । सरकारले शेयर कारोबारबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकर घटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ३६५ दिनभन्दा बढी शेयर होल्ड गर्ने लगानीकर्ताका लागि पुँजीगत लाभकर घटाएर ३.५ प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।