भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार रुपैयाँ सहयोग
काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले ३३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। कर्मचारीहरूले सामूहिक रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सञ्चार मन्त्रालयले जनाएको छ।