SHARE
कर्पोरेट समाचार · बुधबार ३१ भौ २०८३ १०:४० AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकले पारित गर्‍यो १५ प्रतिशत नगद लाभांश

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २०औँ वार्षिक साधारणसभा आज काठमाडौंको भाटभाटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो। सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले बैंकका शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार