२१ बुँदे पुँजी बजार सुधार तथा पुनरुत्थान कार्ययोजनाले फर्कियाे शेयर लगानीकर्ताको उत्साह
काठमाडौं । सरकारले सार्वजनिक गरेको २१ बुँदे पुँजी बजार सुधार तथा पुनरुत्थान कार्ययोजनाले शेयर लगानीकर्ताको मनोबल बढाउँदा साताको मंगलबार शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ४८ दशमलव ५७ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ६२ विन्दुमा पुगेको छ।