कालिका लघुवित्तको डिसीईओमा ढकाल नियुक्त
काठमाडाैं । कालिका लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृतमा दिवस ढकाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले ढकाललाई असोज १ देखि लागू हुने गरी डिसिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । स्यांङजाका स्थायी वासिन्दा ढकालसँग विभिन्न लघुवित्तमा काम गरेको अनुभव छ ।