मुस्ताङमा भदौ ३० र ३१ गते घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुने
मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनका असर, वातावरण संरक्षण तथा स्थानीय अनुकूलनका उपायबारे छलफल गर्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ आयोजना हुने भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा आगामी भदौ ३० र ३१ गते जिल्ला सदरमुकाम जोमसोममा सम्मेलन हुने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए।