चार हिमताल अति उच्च जोखिममा, ब्लास्टिङ गरेर तालबाट पानीको सतह घटाउने सरकारको तयारी
काठमाडौं। सरकारले उच्च जोखिममा रहेका हिमताल विस्फोट गराउने गृहकार्य थालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाएर सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न सरकारले आवश्यक तयारी अघि बढाएको बताए ।