SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

भाेटेकाेशी बाढीले विस्थापित १३२ बालबालिकाको काठमाडौंमा पढाइ सुरु

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौं आइपुगेका १३२ जना बालबालिकाको विद्यालय शिक्षालाई काठमाडौं महानगरपालिकाले निरन्तरता दिन थालेको छ । नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रय लिएर बसेका ती बालबालिकालाई महानगरले डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कुलमा अध्ययनको व्यवस्था मिलाएको हो । विद्यार्थीहरूका लागि पाठ्यपुस्तक र दिवा खाजाको प्रबन्ध गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार