प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि टेन्ट र स्लिपिङ ब्याग सहयोग
काठमाडौं । प्रभु बैंक लिमिटेडले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारका लागि राहत सामग्री उपलब्ध गराएको छ। बैंकले बिहीबार जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावितलाई वितरण गर्ने गरी १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको हो।