यातायात क्षेत्रमा कानुनभन्दा कार्यान्वयनको चुनौती ठूलो : बानियाँ
काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र संस्थागत संयन्त्र पनि सँगसँगै तयार गर्नुपर्ने बताएका छन् ।