ग्लोबल आइएमई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश पारित गर्न २०औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले आगामी असोज १६ गते शुक्रबार बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारणसभा आयोजना गर्ने भएको हो।