प्रधानमन्त्री शाह तीनओटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफलमा
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिका साथै खोज, उद्धार, राहत वितरण र घाइतेको उपचारलगायत विषयमा विस्तृत जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूसँग छुट्टाछुट्टै छलफल थालेका हुन्।