जीवन विकास लघुवित्तद्वारा बाढीपीडितका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले २५ लाख ५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । संस्थाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ।