बाढी प्रभावितका लागि बीएलसी ग्लोबल होल्डिङ्सद्वारा ३ करोड ३६ लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक्स र नेपाल डिस्टिलरीजलगायतका संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट रुपमा उक्त रकम सहयोग गरेका हुन् ।