भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि प्रभु इन्स्योरेन्सको २५ लाख सहयोग
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले बाढीबाट प्रभावित परिवार तथा स्थानीय समुदायलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।