भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित
काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सभाबाट सर्वसम्मतिले पारित भएको हो ।