नेपाली प्रविधिलाई ‘एपिक्टा अवार्ड्स’सम्म पुर्याउन ‘आइसिटी अवार्ड्स’ र ‘नास–आईटी’बीच सहकार्य
काठमाडौं । नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा नवप्रवर्तकलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा पुर्याउने उद्देश्यले आइसिटी अवार्ड्स र नास–आईटीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार आइसिटी अवार्ड्समार्फत राष्ट्रियस्तरमा पहिचान भएका उत्कृष्ट प्रविधि तथा नवप्रवर्तनलाई एसिया–प्रशान्त क्षेत्रको प्रतिष्ठित एपिक्टा अवार्ड्समा सहभागी गराउन आवश्यक सहजीकरण तथा मार्गदर्शन उपलब्ध गराइनेछ।