बाढी प्रभावितका लागि ७ अर्ब ८८ लाखभन्दा बढी सहयोग जुट्दा कोषबाट पीडितका लागि एक अर्ब निकासा
काठमाडौं । बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारले सञ्चालनमा ल्याएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा बुधबार दिउँसोसम्म ७ अर्ब ८८ लाख ५७ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त आर्थिक सहयोगबारे जानकारी गराएका हुन्।