७४७ पर्यटक अझै सम्पर्कविहीन, ५८३ विदेशी नागरिक (सूचीसहित)
काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक प्रभावित भएका छन्। पर्यटक प्रहरीले तयार पारेको विवरणअनुसार सोमबार साँझ साढे ६ बजेसम्म ७४७ जना पर्यटक अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन रहेका ७४७ जनामध्ये ५८३ जना विदेशी नागरिक र १६४ जना नेपाली छन्।