बाढीबाट प्रभावित १२० मध्ये ११० टेलिकम साइट सञ्चालनमा
काठमाडौं। नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका थप चारवटा साइट सुचारु गरेको छ। टेलिकमले सोमबार रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सञ्चालनमा ल्याएको हो। यससँगै बाढीबाट प्रभावित नेपाल टेलिकमका कुल १२० साइटमध्ये ११० वटा सुचारु भएका छन्।