रसुवागढी जलविद्युत् केन्द्रमा फसेका चार जनाको उद्धार
काठमाडौं। रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ। शुक्रबार सो स्थानमा परिचालित खोजी तथा उद्धार टोलीले भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीलाई बाहिर निकालेको उर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ। त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ।