मुग्लिन–नागढुंगा र पृथ्वी राजमार्गसहित मुख्य सडकमा यातायात ठप्प
काठमाडौं। बाढीका कारण धादिङ, चितवन र रुकुम पश्चिमका तीन प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पृथ्वी राजमार्ग, मुग्लिन–नागढुंगा सडकखण्ड र जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन।