SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ०३:४१ PM · 1 मिनेट पढाइ

शुक्रबारदेखि आइतबार पनि बैंकहरू खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि आइतबार पनि वित्तीय सेवा दिने भएका छन् । नेपाल राष्ट्र बैंकले रसुवा बाढी पीडितलाई राहत र उद्धारमा सहजीकरणका लागि सेवा सुचारू राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकका अनुसार, रसुवा बाढीको कारणबाट प्रभावितहरूलाई राहत वितरण तथा उद्धार कार्यमा सघाउ पुर्‍याउने प्रयोजनका लागि अत्यावश्यक बैंकिङ सेवा सुचारु हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार