बाढी प्रभावित ग्राहकलाई डिसहोमको १५ दिन निःशुल्क इन्टरनेट दिने
काठमाडौं । डिसहोमले बाढी तथा पहिरो प्रभावित क्षेत्रका आफ्ना इन्टरनेट ग्राहकलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। कम्पनीका अनुसार त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट र मलेखु क्षेत्रमा यो सुविधा लागू हुनेछ। विपद्का बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा सहजता पुगोस् भन्ने उद्देश्यले सेवा निःशुल्क गरिएको डिसहोमले जनाएको छ।