भोटेकोशी बाढीले रसुवामा ४० किलोमिटर सडकमा पूर्ण क्षति, ४१ वटा पुल बगायो : मन्त्रालय
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। त्यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द रहेको सरकारले जनाएको छ।