राष्ट्रपति पौडेलले आफ्नो एक महिनाको तलब बाढीपीडितलाई दिने
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन् । राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक सरकारी कोषमा उपलब्ध गराउने घोषणा गरेका हुन् ।