बाढी प्रभावितका लागि कुमारी बैंकको ३ करोड आर्थिक सहयोग, अर्थमन्त्रीले बुझे रकम
काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि कुमारी बैंक लिमिटेडले सरकारलाई ३ करोड रुपैयाँ नगद सहयोग गरेको छ। बिहीबार बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।