बाढी प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जाको जोहो, यी जिल्लामा ५०० सोलार पावर बैंक पठाउँदै प्राधिकरण
काठमाडौं। विद्युत् पूर्वाधारमा भएको क्षतिका कारण विद्युत् सेवा अवरुद्ध भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जाको व्यवस्था थालेको छ। बाढीबाट १२ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।