बाढी प्रभावित क्षेत्रमा २० हेलिकप्टर स्ट्यान्डबाइ, १० परिचालन
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत २० वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। बिहीबार बिहान साढे ६ बजेदेखि ती हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको हो। यसबाहेक बाढी प्रभावित क्षेत्र आसपास थप १० वटा हेलिकप्टर यसअघि नै उद्धार तथा राहतका लागि परिचालन भइसकेका छन्।