‘चीनबाट सामान बोकेर आएका ५०० बढी कन्टेनर बाढीमा बगे, क्षति अर्बौं रुपैयाँ बराबरमा हुन सक्छ’
काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भिषण बाढीले गर्दा रसुवागढी नाका समेत अब अनिश्चित समयका लागि ठप्प भएको छ। बाढीका कारण चीनबाट नेपाल भित्रिने सयौं कन्टेनर सामान बगेका छन् । नाका अबरुद्ध हुँदा दशैं–तिहार लक्षित वस्तुको आपूर्तिमा दबाब पर्न सक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।