विपद्को घडीमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा १ करोड सहयोगको घोषणा
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले रु। १ करोड सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।