विश्व बैंकले २५ अर्ब रुपैयाँ बराबरको सहयोग दिने, भारत र चीनले सोधे– नेपाललाई तत्काल कस्तो सहायता चाँहिन्छ ?
काठमाडौं । बाढीपहिरोबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको प्रतिबद्धता जनाएका छन्। विपद्को अवस्था सार्वजनिक भएलगत्तै तीनै पक्षले नेपाल सरकारसँग समन्वय गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएका हुन्।