रसुवाको बाढीबाट व्यापक क्षति, उद्धार तथा राहतमा सहकार्य गर्न नाइमा तयार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गहिरो दुःख व्यक्त गरेको छ।