SHARE
कर्पोरेट समाचार · बुधबार १० भौ २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : हालसम्म १२ जनाको उद्धार, वीर र ट्रमा सेन्टरमा १०० शय्या तयारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, खोज तथा राहत कार्यलाई तीव्र पारिएको छ। हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। प्रभावितको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार