तीन महिनाका लागि सरकारले गर्यो रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीबाट प्रभावित तीन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका काम अघि बढाउने निर्णय गरेको हो ।