भोटेकोशी बाढीको सामना गर्न सरकारलाई कांग्रेसको पूर्ण साथ, संकटमा एकजुट हुन आह्वान
काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को सामना गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्दाम्बेले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।