SHARE
कर्पोरेट समाचार · बुधबार १० भौ २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

रसुवा बाढी प्रभाव : मनकामना केबलकार बन्द

 काठमाडाैं । अप्रत्यासीत आएको बाढीका कारणले चितवनस्थित मनकामना केबलकार बन्द गरिएको छ । रसुवाबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा अघि बढेपछि केबलकार बन्द गरिएको हो । मनकामना केबर कारका डिजीएम उज्ज्वल शेरचनले बाढीका कारणले केबलकार ११ः३० बजेदेखि सञ्चालनमा रोक लगाइएको बताए । बाढीका कारणले पृथ्वीराजमार्गमा चल्ने गाडीहरु पनि रोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार