बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको राहत : दुई दिनसम्म अनलिमिटेड फोन र निःशुल्क डाटा
काठमाडौं । रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले टेलिफोन, डाटा र एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका नागरिकलाई तत्काल निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा उपलब्ध गराउन निर्देशन दिएका हुन्।