रिभोल्टको अहिलेसम्मकै शक्तिशाली विद्युतीय बाइक आरभीएक्स नेपालमा, मूल्य कति ?
काठमाडौं । एमभी दुगड ग्रुपले भारतीय विद्युतीय मोटरसाइकल ब्रान्ड रिभोल्टको नयाँ विद्युतीय मोटरसाइकल ‘अल–न्यू आरभीएक्स’ नेपालमा सार्वजनिक गरेको छ। काठमाडौंमा जारी नाडा अटो शो २०२६ मा मंगलबार सार्वजनिक गरिएको आरभीएक्स रिभोल्टको हालसम्म उत्पादन गरेको सबैभन्दा शक्तिशाली विद्युतीय बाइक भएको कम्पनीले जनाएको छ।