मुक्तिनाथ विकास बैंकले गाडी किन्न ५.५४ प्रतिशत ब्याजदरमा ‘अटो लोन’ दिने
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार योजनाअन्तर्गत आधार दरमा शून्य प्रतिशत प्रिमियम थप गरी विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराइनेछ। यो योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ।