प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बुधबारका लागि सारियो
काठमाडौं । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको जनाएको छ। सचिवालयका अनुसार अब बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो।