SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ ११:४० AM · 1 मिनेट पढाइ

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ सांसदको समर्थन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा सोमबार भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले उनको पक्षमा मतदान गरेका थिए । कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेशसभा सदस्य छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार