निजी क्षेत्रको मनोबल इतिहासकै कमजोर, उद्यमीको हुर्मत लिएर आर्थिक विकास हुँदैन: अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन्। उनले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताए।