SHARE
पर्दाफास · शनिबार ६ भौ २०८३ ०२:०४ AM · 1 मिनेट पढाइ

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि हुने

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज (शनिबार)देखि काठमाडौंमा सुरु हुँदैछ । ई स्पोट्र्स एसोसिएसन अफ नेपाल (ईशान) र ई स्पोट्र्स काउन्टीको आयोजनामा पब्जी मोबाइलको आधिकारिक दुई दिने राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपालका उत्कृष्ट १६ पब्जी मोबाइल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।