SHARE
पर्दाफास · बिहीबार ११ मंिर २०८३ ०१:४५ AM · 1 मिनेट पढाइ

गाउँगाउँमा क्रिकेटको लहर, खेतबारीमै चम्किँदै ग्रामीण प्रतिभा

बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् ।