SHARE
पर्दाफास · बुधबार १० मंिर २०८३ ०३:३२ PM · 1 मिनेट पढाइ

यामाहाको दशैं–तिहार अभियानका विजेता सम्मानित, सरस्वतीले जितिन् १० लाख

यामाहा नेपालले दसैँ–तिहारलाई लक्षित गरी सञ्चालन गरेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ उपहार योजना सफलतापूर्वक सम्पन्न गरेको छ। योजनामार्फत देशभरका ग्राहकलाई नगद पुरस्कार तथा विभिन्न आकर्षक उपहार जित्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ। योजनाको मुख्य पुरस्कारअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३० हजार रुपैयाँ नगद जितेकी छन्।