सर्वोच्चले कांग्रेस विवादको पुनः सुनुवाइ गर्न अनुमति दिएपछि विश्वप्रकाशले भने– ‘विशेष महाधिवेशनको वैधानिकता थप प्रष्ट हुन्छ’
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको पुनः परीक्षण (पुनरावलोकन) प्रक्रियाले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई अझ स्पष्ट रूपमा उजागर गर्न मद्दत पुग्ने बताएका छन्। कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्न अनुमति दिएपछि शर्माले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।