नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ । चितवन इनर्जी लिमिटेडले प्रवर्द्धन गर्न लागेको ४.७५ मेगावाट क्षमताको (प्रस्तावित ६.५१ मेगावाट) उक्त जलविद्युत आयोजनाका लागि नेपाल बैंकले आवश्यक कर्जा तथा वित्तीय सुविधा उपलब्ध गराउने भएको हो।