सानिमा इक्विटी फन्ड–२ को दोस्रो बजारमा कारोबार आजदेखि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सानिमा इक्विटी फन्ड–२’ सूचीकृत भएको छ । नेप्से र सानिमा क्यापिटलबीच भएको सम्झौताअनुसार प्रतिइकाइ १० रुपैयाँ अंकित तथा चुक्ता मूल्य रहेको कुल १२ करोड ५० लाख इकाइ सूचीकृत गरिएको हो।